Rule 20
समिति गठन गर्न सक्ने
२०. समिति गठन गर्न सक्नेः
ऐन वा यस नियमावलीको उद्देश्य पूर्ति गर्न वा मन्त्रालयले गर्ने कामको सम्बन्धमा सरसल्लाह र सुझाव दिन मन्त्रालयले आवश्यक ठानेमा संचार क्षेत्रमा विशेष ज्ञान भएका व्यक्तिहरू रहेको समिति गठन गर्न सक्नेछ । त्यस्तो समितिको गठन, काम, कर्तव्य र अधिकार तथा अन्य कार्यविधि सो समिति गठन गर्दाको अवस्थामा तोकिदिए बमोजिम हुनेछ ।
राष्ट्रिय प्रसारण नियमावली, २०५२